सर्वोच्चको फैसलाले जनताको जित भयो : सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधि सभाको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनःस्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेसँगै संचारकर्मीसँग कुरा गर्दै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया दिए ।
उनले नेपालको संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताए । सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अंगहरुलाई पनि दिशानिर्देश गरेको उनले बताए । सर्वोच्च अदालतको फैसलामा उच्चस्तरीय व्याख्या गरेको र सिद्धान्त प्रतिपादन गरेको उनले बताए ।
सभामुख सापकोटाले नयाँ अध्यायको सुरुवात भएको भन्दै राजनीतिक दलहरुलाई विगतको समिक्षा गर्दै संसदलाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागि व्यवस्थित र श्रृङ्खलावद्ध योजनाका साथमा अघि बढ्न पनि आग्रह गरे । प्रतिनिधि सभा विघटन गरेर राजनीतिक व्यवस्था माथि नै धक्का दिन खोजिएको भन्दै उनले अब त्यस प्रकारको खतराको अन्त्य भएको पनि बताए । सभामुख सापकोटाले अब आफ्नो भुमिका र दायित्व पनि बढेको बताए । आफुले संसदको गरिमा र ओझलाई बढाउनका निम्ति जिम्मेवारीपूर्वक काम गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया