बिहीबार, जेठ २, २०८२

सद्भावना पार्टीद्वारा २२ बुँदे माग सार्वजनिक, ५ प्रदेश बनाउनु पर्ने प्रस्ताव

नेपालखोज २०७८ असार २९ गते १:००

काठमाडौं । नेपाल सद्भावना पार्टीको राष्ट्रिय अध्यक्ष रामकुमार महतोले हिन्दी भाषालाई राष्ट्रिय सम्पर्क भाषा बनाउन अपिल गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महतोले २२ बुंदे माग प्रस्तुत गर्दै सरकारसँग यस्तो अपिल गरेका हुन् ।

अध्यक्ष महतोले नागरिकता प्रमाण–पत्रको समस्या दिन–प्रतिदिन जटिल अवस्थामा गइरहेको उल्लेख गरेका छन् । साथै राज्यको पुर्न संरचना गरेर काठमाडौंलाई केन्द्र बनाएर स्थानिय र सात प्रदेशलाई हटाएर पाँच प्रदेश मात्र बनाउनु पर्नेमा उनले जोड दिएका छन् ।

अप्रमाणित मुद्दामा षड्यन्त्र पुर्वक जेलमा राखिएका नेता रेशम चौधरीलगायत अन्य कार्यकर्ताको झुठा मुद्दा खारेज गरेर सकुशल रिहाई गर्न पनि सरकारसँग माग गरेका छन् । कार्यक्रममा अध्यक्ष महतोले संवैधानिक र राजनितिक उच्च पदको लागि कार्यकालको निश्चित गर्नुपर्नेमा जोड दिए ।

नेपाल सरकार र मधेसकोबीचमा भएको २२ र ८ बुंदे सम्झौताको पुर्ण व्यवहारीक कार्यन्यन गर्नुपर्ने पनि उनले बताएका छन् । जर्बजस्ती जारी भएको संविधान नेपालको पुरै जनताको लागि हो भन्दै महतोले आफुहरुको संघर्ष संविधान संशोधनको लागि भएको जानकारी दिए । समाजवादमा व्यक्तिवाद हुँदैन भन्दै उनले देशको समग्र क्षेत्रमा व्याप्त व्यक्तिवाद, निजीबाद, परिवारवाद, नातावाद र कृपावादको अन्त्य गरिनुपर्ने जिकीर गरे ।

प्रतिक्रिया