बुधबार, जेठ १, २०८२

नेपाल आईसीसीको टी-ट्वान्टी र एक दिवसीय वरीयतामा यथावत रहन सफल

नेपालखोज २०७८ असार ३० गते १७:५९

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुबै फर्म्याटमा यथावत रहेको हो ।

टी-ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ । यस अघि पनि नेपाल १३ औं स्थानमै रहेको थियो । नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् ।

चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ । नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा रहेको छ । यस अघिको वरीयतामा समेत नेपाल १६ औं स्थानमै रहेको थियो । एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेको छ ।

भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ । खेलाडीको ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेल ५९ औं स्थानमा रहेका छन् । नेपालका पूर्व कप्तान पारस खड्का ९२ औं स्थानमा छन् । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९६ औं स्थानमा झरेका छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७८ औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया