सुनचाँदीकै मूल्य बढ्यो
नेपालखोज
२०७८ असार ३१ गते ११:११

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज पाँच सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि पाँच सय रुपैयाँले बढेर ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया