घाँस काट्न जाने क्रममा लडेर मुत्यु
नेपालखोज
२०७८ असार ३१ गते १५:०१

गलकोट । बागलुङको गलकोट नगरपालिका-८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस्थामा आज उनको शव फेला परेको छ ।
कँडेल बुधबार दिउँसो १२ बजे पचुवाकै कुभिन्डो भन्ने ठाउँमा घाँस काट्न भनेर जानुभएको र बेलुकासम्म नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
खोजतलासका क्रममा उनी मृतावस्थामा फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए । शव परीक्षणका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया