बिहीबार, जेठ २, २०८२

एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने

नेपालखोज २०७८ असार ३१ गते १५:१२

काठमाडाैं । नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका-संसद् कक्षमा बैठक बस्न लागेकाे हाे ।

आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रतिनिधिसभा पुनःस्थापनापछि एमाले संसदीय दलको बैठक पहिलोपटक बस्न लागेको हो । संसद्मा एमालेले खेल्ने भूमिका लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया