बिहीबार, जेठ २, २०८२

प्रतिनिधिसभा बैठक साउन ३ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

नेपालखोज २०७८ असार ३१ गते १६:०७

काठमाडौं । सरकारले साउन ३ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक वर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साउन ३ गते आईतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने र सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक वर्ष थप गर्ने निर्णय भएको जानकारी दिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार २८ गते राती १२ बजे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी थिइन् । असार १७ गते सुरु भएको राष्ट्रियसभाको आठौ अधिवेशन १२ दिन चालु भएकोमा जम्मा ६ वटा बैठक बसेका थिए । अधिवेशन अन्त्य भएको ३ दिन पछि नै बर्तमान सरकारले ३ गतेका लागि अर्को अधिवेशन आव्हान गरेको हो ।

प्रतिक्रिया