चौबीस घण्टामा २ हजार ६७६ संक्रमित थपिए, ३३ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ७५७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार २५६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७८२ र ४ हजार ५१२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९४ जना गरी जम्मा २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख २६ हजार ४६८ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा २९२ र आइसोलेसनमा २६ हजार ६३९ जना रहेका छन् ।
नेपालमा हालसम्म ६ लाख ६२ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया