ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल समूह नजाने
नेपालखोज
२०७८ असार ३१ गते १८:२२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूह नजाने भएको छ । एमाले संसदीय दलका नेता समेत रहेका ओलीले शुक्रवार ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन्।
समझदारीबिना कुनै पनि बैठकमा नजाने नेपाल समूहका सांसद विरोध खतिवडाले बताए । बैठक शुक्रवार संघीय संसदको लोत्से हलमा बस्नेछ। प्रतिनिधि सभाको बैठकमा एमालेको रणनीति बनाउन ओलीले बैठक बोलाएका हुन्।
सम्बन्धित
प्रतिक्रिया