बुधबार, जेठ १, २०८२

नेपाल एसियन सिनियर महिला भलिबल खेल्नबाट वञ्चित, बन्द प्रशिक्षण पनि स्थगित

नेपालखोज २०७८ साउन १ गते १८:११

काठमाडौं । फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल वञ्चित भएको छ ।

कोभिड–१९को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल संघ जनाएको छ ।

उक्त प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म आयोजना हुने तय भएको थियो । नेपालको महिला टोलीले पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन नपाएको हो । यो निर्णयले नेपाली महिला भलिबल टोलीको भावनामा चोट पुगेको नेपाल भलिबल संघले जनाएको छ । त्यस्तै नेपाली महिला भलिबल खेलाडीको बन्द प्रशिक्षण स्थगित गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया