‘जल र ऊर्जालाई प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात न्यूनीकरण गर्नुपर्छ’

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पंफा भुसालले आफ्नोे देशबाट उत्पादित जल उर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने बताएकी छन् ।
विद्युत विकास विभागको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्पको रुपमा जल उर्जा भएको बताइन् ।
यस्तै निजी क्षेत्रले बनाउने जलविद्युत लगायतको संरचनाबाट सरकार र स्थानीय जनताले निरन्तर रुपमा लाभ लिनसक्ने खालको बनाउन पनि आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘सिङ्गो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रुपमा मात्रै नभएर आफ्नै देशको श्रोतबाट उत्पादन भएको उर्जालाई सम्पूर्ण उर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनिकरण गर्न सक्नुपर्छ । यस्तै नीजि क्षेत्रले एउटा निश्चित समयसम्म चलाउने शर्तमा निर्माण गरेपछि त्यतिको लागि मात्र भौतिक संरचना बन्नुनहुने बताइन् । त्यस्ता संरचनाबाट सरकार र स्थानीय जनताले दीर्घकालसम्म लाभ लिन सक्ने संरचना बनाउल जोड दिनुपर्ने मन्त्री भुसालले बताइन् ।’
यो क्षेत्र अरु क्षेत्रको लगानी भन्दा सुरक्षित क्षेत्रको लगानी भएको बताउँदै मन्त्री भुसालले छिटो र स्थायित्वका लागि विशेष ध्यान दिनसमेत अनुरोध गरिन् ।
कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादक संघ इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले राज्यले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी आएको बताए । साना उद्यमीहरुलाई कसरी सहयोग गर्ने भन्दा पनि कहाँ के अफ्ठेराहरु छन् भन्ने कुरा खोज्न नहुने आचार्यको भनाइ थियो ।
लोडसेडिङ चीनको लागि मात्रै हटेको हो, आचार्यले भने कृषिमा हुने विद्युत खपत, घरेलु गार्हस्थ्य उपभोगमा हुने खपत अझै पनि दयनीय अवस्थामा छ ।
अध्यक्ष आचार्यले नेपाल अहिले ५ प्रतिशतको हाराहारीमा मात्रै विद्युतीय उर्जामा रहेको बताए । त्यस्तै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले उर्जा मन्त्रालयबाट उर्जा सम्बन्धी कामहरुमा त्यति ढिलाइ नभएको बताए ।
निजी क्षेत्रलाई कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्ने लक्ष्य राखेको उपाध्यायको भनाइ थियो ।
प्रतिक्रिया