निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने
नेपालखोज
२०७८ साउन १ गते २१:४७

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगको आजको बैठकले साउन ३ गतेदेखि सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधिसभा जेठ ८ गते विघटन भई निर्वाचनको मिति घोषणा भएका कारण स्थगन गरिएकामा सर्वोच्च अदालतको आदेशमा पुनः स्थापनासँगै मतादाता नमावली संकलन तथा अद्यावधिक चालु गरिने भएको हो ।
सम्बन्धित
प्रतिक्रिया