शुक्रबार, जेठ ३, २०८२

मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने छ : राष्ट्र बैंक

नेपालखोज २०७८ साउन ३ गते १४:२४

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ ।

आइतबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताएका हुन् ।

पूर्व गर्भनरहरुसँग छलफल गर्न बाँकी नै रहेको उनले बताए । सुझाव संकलन गरिरहेको र आन्तरिक तयारी गरिरहेको उनले बताए । उनले भने, ‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौं । एक दुईवटा सरोकारवाला खासगरी पूर्व गर्भनरज्यूहरु सँग सुझाव संकलन गर्ने काम बाँकी छ । र सो सुझाव संकलनको आधारमा हामी मौद्रीक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ ।’

सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकार समेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ ।

प्रतिक्रिया