कोभिडका कारण सुनसान काभ्रेको बुद्ध स्तूप उद्यान (फोटो फिचर)

काभ्रेपलाञ्चोक । बौद्ध धर्म विश्वका प्रमुख धर्ममध्येको एक हो । बौद्ध धर्मका कैयौँ प्राचीन स्थान र बहुमूल्य कलाकृतिहरु छन्। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपालका विभिन्न स्थानमा बुद्ध स्तूपहरुको निर्माण गरेको पाइन्छ । यद्यपी, काठमाडौको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप नेपालको सबैभन्दा ठूलो गोलाकार भएको स्तूप हो ।
सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँगसँगै बौद्धनाथ पनि काठमाडौंको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ। विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय साथ सम्बन्धित भएकोले यसको बारे ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेख रचना र ग्रन्थहरूमा व्याख्या गरिएको पाईन्छ।
उल्लेखित तस्बिर काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८, बरबोटमा निर्माण गरिएको बुद्ध स्तूप उद्यानको हो । संघिय सरकार, वाग्मती प्रदेश, नगरपालिका र स्थानीय बासिन्दाको सहयोगमा निर्माण गरिएको हो । कुल ७६ लाख लागतमा निर्माण गरिएको उक्त स्तूप धार्मिक प्रर्वद्धन तथा आन्तरिक एवं बाह्य पर्यटकको आकार्षण केन्द्र बनाउने उद्देश्यले निर्माण गरिएको हो । हाल कोभिड संक्रमणका कारण यो उद्यानमा मानिसको आवतआवत ठप्प भएको छ ।


तस्बिर : रासस
प्रतिक्रिया