शुक्रबार, जेठ ३, २०८२

चौबीस घण्टामा १ हजार ६६७ डिस्चार्ज, २३ जनाको मृत्यु

नेपालखोज २०७८ साउन ३ गते १७:२५

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ६६७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ६२८ जनाको पीसीआर परीक्षणबाट १ हजार २२३ र ३ हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी जम्मा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ ।

प्रतिक्रिया