शुक्रबार, जेठ ३, २०८२

प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

नेपालखोज २०७८ साउन ३ गते १८:३२

काठमाडौं । प्रतिनिधि सभामा शोक प्रस्ताव पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद विदुर पौडेल, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद शर्मा र योगनारायण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । पारित प्रस्तावमा संविधानसभा सदस्य मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का रबनी चौधरी, तप्तबहादुर विष्ट र पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गर्दै मौनधारणसहित श्रद्धाञ्जली प्रकट गरिएको छ ।

सभाले शोकसन्तप्त परिवारजनप्रति अलगअलग शोक प्रस्ताव पारित गरी समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया