शुक्रबार, जेठ ३, २०८२

देउवाले पाए विश्वासको मत, पक्षमा पर्‍यो १६५, विपक्षमा ८३ मात्रै

नेपालखोज २०७८ साउन ३ गते २२:१०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभामा विश्वासको मत पाउन सफल भएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ र विपक्ष अर्थात् हुँदैन भन्नेमा ८३ मत परेको छ । प्रस्तावको मत दिन्न भन्नेमा जम्मा एक मत परेको छ ।

देउवालाई आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् । प्रतिनिधि सभाको अर्को बैठक साउन ८ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरि स्थगित गरिएको छ ।

प्रतिक्रिया