शुक्रबार, जेठ ३, २०८२

पार्टीविरुद्ध लागेको भन्दै आफ्नै निर्वाचन क्षेत्रमा एमाले नेता नेपालको पुत्ला दहन

नेपालखोज २०७८ साउन ४ गते १९:५२

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुत्ला दहन गरिएको छ । सोमवार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।

प्रदर्शनमा युवासंघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा एक कलंकको टीका भएको बताए । उनले नेपालसहित फ्लोर क्रस गर्ने २२ जना सांसदको निर्वाचन क्षेत्रमा पनि प्रदर्शन कार्यक्रम भइरहेको बताए ।

‘हामीले माधव नेपालको घरअघिबाट उहाँलाई चेतावनी दिएका छौँ, सदस्य चौलागाईंले भने, गद्दारीका काम गर्ने भ्रष्ट र विदेशी दलालबाट चल्ने, मतियार बोकेका माधव नेपालजस्तालाई तह लगाउन अब युथ फोर्स नेपाल र राष्ट्रिय युवासंघ नेपाल जन्मिसकेको छ ।’ सूर्य चिन्हबाट चुनाव जितेर आफूले रुखमा भोट हाल्न लगाउनु गद्दारीको पराकाष्टा भएको समेत सदस्य चौलागाईंले बताए ।

प्रतिक्रिया