देशभरको मौसम बदली : चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
नेपालखोज
२०७८ साउन ५ गते ७:३२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका विभिन्न स्थानमा स्थानमा वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो वाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित धेरै भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ । यो क्रम बिहीबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
धेरै भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया