विपत् र दैविक प्रकोप सम्बन्धि विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा विपत् र दैविक प्रकोप सम्बन्धि विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ ।
समितिको मंगलबारको बैठकमा सभापति शशी श्रेष्ठले शुक्रबार मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताए । समितिको बैठकमा सांसदहरुले बाढी पहिरो तथा डुबानबाट पीडितभएका जनताको उद्दार, राहत तथा पुनस्र्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए ।
कतिपय स्थानमा सरकारको उपस्थिती नै नभएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडलाई बोलाएर जानकारी लिने माग गरेका थिए । छलफलमा विपद् तथा दैविक प्रकोप सम्बन्धिका कुराहरुमा सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
सांसद दिलेन्द्र प्रसाद बडूले प्रतिवेदनमा रहेका प्रमुख बुँदाहरु सचिवालयले उल्लेख गरेर आफ्नो भाषामा राख्न अनुरोध गए । त्यस्तै छलफलमा बोल्दै सांसद विजय सुब्बाले प्रतिवेदन आफूले पढ्न पाउने माग राख्दै अध्ययनपछि मात्रै यसमा सुझाव दिनसक्ने बताए ।
त्यस्तै प्रेम सुवालले समितिमा पेस भएको प्रतिवेदनमा सुझाव नपुगेको गुनासो गरे । तीन वटै उपसमितिले बनाएको प्रतिवेदन अर्को एक समितिले हेर्दा उपयुक्त हुने उनको धराणा थियो ।
त्यस्तै सदा सुवेदी गुरुङले मनाङ र सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पीडितलाई अझै राहत दिन नसकेको बताउनुभयो । उहाँले राहतमा खसी देखाएर फर्सी दिने त्यो पनि आज, भोलि नभएर पर्सि भएको बताए ।
त्यस्तै डा. डिला संग्रौलाले उपसमितिले दिएको प्रतिवेदन स्विाकार्दै समितिका सुझावलाई प्रतिनिधि सभामा लैजाने वातावरण मिलाउन सुझाए ।
त्यस्तै लालबाबु पण्डितले उपसमितिको विषयमा छलफल मात्रै भएको तर समितिले प्रतिवेदन तयार नरगेको बताए । सुशासन समितिको बैठकमा बोल्दै पण्डितले समितिले प्रतिवेदन ड्राफ्टमा ल्याएर छलफल गर्नुपर्ने धारणा राखे । संसद पुनस्र्थापना भएपछि संसदीय राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठक बसेको हो ।
प्रतिक्रिया