राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
नेपालखोज
२०७८ साउन ८ गते २०:२९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्नका लागि प्रधानमन्त्री देउवा सवा ६ बजे शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिबीच झण्डै एक घण्टा छलफल भएको छ ।
नियमित भेटभाटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति निवास पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । यसअघि आजै बिहान राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिइन् । तर उनीहरू बीचको भेटमा भएको छलफलबारे भने जानकारी गराइएको छैन् ।
सम्बन्धित
प्रतिक्रिया