शनिबार, जेठ ४, २०८२

सेयर बजारको विकास र सुधारका लागि पहल गर्न लगानीकर्ताको माग

नेपालखोज २०७८ साउन ८ गते २०:५४

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले सेयर बजारको विकास र सुधारका लागि पहल गर्न सरकारसँग माग गरेको छ । शुक्रबार दुई लगानीकर्ता संगठनले अर्थमन्त्री जनार्दन शर्मालाई पूँजी बजारका समस्या र समाधानका उपायबारे सुझाव दिएका छन् ।

उनिहरुले अर्थमन्त्री शर्मालाई सेयर बजारको विद्यमान अवस्थाबारे जानकारी गराउँदै तत्कालै गर्नुपर्ने कामहरुबारे ७ बुँदे माग पनि पेस गरेका छन् । जसमा ब्रोकर कमिसन घटाउनुपर्ने, पूँजीगत लाभकरको दर घटाउनुपर्ने, आइपीओमा १० कित्ते नीतिलाई निरन्तरता दिनुपर्ने, नेपालभर सेयरको दोस्रो बजारको पहुँच पुर्याउनु पर्नेलगायतका मागहरु गरिएको छ ।

नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघका अध्यक्षहरु क्रमशस् छोटेलाल रौनियार, उत्तम अर्याल तथा उपाध्यक्ष तारा प्रसाद फुल्लेल लगायतका प्रतिनिधी मण्डलले अर्थमन्त्री शर्मालाई ३७ लाख ५० हजार हितग्राही खाता भएको, ७ लाखको हाराहारीमा अनलाईन प्रयोगकर्ता भएको र बजारको पूँजीकरण करिब ४० खर्बको भईसकेकाले पूँजीबजारप्रति सरकार अनुदार बन्न नहुने पनि बताएका छन्। नेपालको पूँजीबजार देशको वार्षिक बजेटभन्दा साढे २ गुणा ठूलो आकारको भएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया