शनिबार, जेठ ४, २०८२

कांग्रेसको साउन १२ गते हुने भनिएको वडा अधिवेशन स्थगित

नेपालखोज २०७८ साउन ९ गते १४:१५

काठमाडाैं । नेपाली कांग्रेसको आगामी महाधिवेशनअन्तर्गत साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीकाे आज बसेको बैठकले कोरोना संक्रमण र समय अभावका कारण साउन १२ गतेको वडा अधिवेशन स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले भने क्रियाशिल सदस्यता छानबिन समितिले धेरै स्थानको सदस्यताको टुंगो लगाइसकेको र साउन १२ गते समितिले तयार गरेको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्नेसमेत जनकारी दिए ।

प्रतिक्रिया