प्रचण्डको अभिव्यक्तिमाथि भीम रावलको कडा चुनौती

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिमाथि आपत्ती जनाएका छन् ।
हिजो शनिबार एक सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले पाँचदलीय गठबन्धन फुटाउन प्रतिपक्षीबाट ‘टर्च बालेर प्वाल खोज्ने’ काम भइरहेको टिप्पणी गर्दै रावलले प्रतिनिधि सभाबाट राजीनामा घोषणा गर्नु यसैको ‘एउटा खेल’ भएको आरोप लगाएका थिए ।
त्यसपछि रावलले सामाजिक सञ्जालमा ‘कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका लागि लम्पसार पर्न गठबन्धनमा सामेल नभएको’ प्रतिक्रिया दिएका छन् ।‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले) लाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ,’ रावलले शनिबार राति जारी गरेको वक्तव्यमा भनेका छन् ।
गठबन्धन निर्माण पनि सबैको आ–आफ्नो स्वार्थमा बनेको र साझा स्वार्थ मिल्दासम्म मात्र त्यसमा सहकार्य हुने उनले प्रष्ट पारेका छन् ।
प्रतिक्रिया