कायममुकायम प्रधानसेनापतिका लागि प्रभुराम शर्मा सिफारिस
नेपालखोज
२०७८ साउन १२ गते १९:३२

काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदैछन् । थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदै छन् ।
अवकाशको एक महिना अघि विदा बस्ने परम्परा अनुसार थापाले २४ साउनबाट बिदा बस्ने तयारी गरेका छन् । कायममुकायमको जिम्मेवारी पाएका शर्मा हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए ।
सम्बन्धित
प्रतिक्रिया