म्यानमारमा गत नोभेम्बरमा भएको निर्वाचन रद्द
नेपालखोज
२०७८ साउन १३ गते ८:२९

काठमाडौं । म्यानमारको जुन्ता प्रशासद्वारा नियुक्त गरेको निर्वाचन आयोगको समितिले नोभेम्बरको चुनावलाई औपचारिक रूपमा रद्द गरेको छ ।
उक्त निर्बाचनमा म्यानमारको सैनिक निकट मानिने दलले निराशाजनक नतिजा पाएको थियो भने नेतृ आङ सान सूची नेतृत्वको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले भारीे जीत हासिल गरेको थियो ।
निर्बाचन आयोगले निर्बाचन भएका सबै ३ सय १५ इलाकामा १ करोड १३ लाखभन्दा बढी अनियमितता भएको भन्दै निर्वाचन परिणामलाई औपचारिकरूपमा रद्द गरिदिएको छ । क्योडो न्युजका अनुसार सेनाले निर्वाचनमा व्यापक धाँधली भएको बताउँदै आएको छ ।
नोभेम्बरमा निर्वाचित सांसदहरूले फेब्रुअरी १ मा संसदमा सपथ लिनुभन्दा केही घण्टा अघि नै आङ सान सुचीको सरकारलाई सेनाले अपदस्थ गरी सैनिक नेतृत्वको घोषणा गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया