पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट
नेपालखोज
२०७८ साउन १३ गते १५:३४

काठमाडौं । सांसद् पद पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
पूर्वमन्त्रीहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् । सर्वोच्चले परमादेशमार्फत सांसद पद पुनःसाथापना गर्नु पर्ने उनिहरुको माग छ ।
सर्वोच्चले कर्णाली प्रदेशका सांसदलाई पुनःस्थापना गरिदिएकाले आफूहरूको पनि पद व्यूँताउनुपर्ने उनिहरुको भनाई छ । माओवादी केन्द्रले आफूहरूलाई दल त्याग गरेको आधारमा कारबाही गरे पनि आफूहरूले दल त्याग नगरेको चार नेताले जिकिर गरेका छन् । चार नेताले दायर गरेको रिटको पेसी बिहीवारका लागि तोकिएको सर्वोच्चले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया