आइतबार, जेठ ५, २०८२

मलेसियामा तीन महिनादेखि प्यारालाइसिसका कारण थला परेका केवटको उद्धार

नेपालखोज २०७८ साउन १३ गते १८:३८

काठमाडौं । प्यारालाइसिस भएर मलेसियामा थला परेका हरिश्चन्द्र केवटलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाल फर्काइएको छ । करिव तीन महिना अघि प्यारालाइसिस भएर थला परेका केबटलाई मलेसियास्थित जनउद्धार केन्द्रले सोमवार नेपाल फर्काइएको हो ।

एक महिना अघि फोनमार्फत् जनउद्धार केन्द्रलाई खबर आएको भएपनि विभिन्न व्यवस्था मिलाउँदा महिना दिनको समय लागेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताए । जनउद्धार केन्द्रले करिब ३ हप्ताको अवधिमा मेलेसियास्थित नेपाली दूतावाससँग सहकार्य गरेर उनलाई नेपाल फर्काएको थापाले जानकारी दिए ।

उनले भने, “हामीलाई एक महिनाअघि फोन मार्फत् हरिश्चन्द्र केवटले म बिरामी छु, मलाई घर पठाउनुपर्यो भनरे फोन गर्नुभयो, उहाँलाई फलोअप गर्ने क्रममा हामीले ह्वाट्सअपबाट उहाँको स्थिती बुझेको थियौँ, स्थिती एकदमै नाजुक रहेछ, त्यसपछि नै प्रोसेस चालेका थियौँ र लगभग ३ हप्तामा हामीले उहाँलाई मेलेसियास्थित नेपाली दूतावास र एम्बेसीसँग सहकार्य गरेर नेपाल फर्काउने व्यवस्था गर्यौं ।”

नेपाल फर्काउने क्रममा केवटलाई कम्पनीबाट ६ हजार ३ सय रिंगेट उपलब्ध गराएको समेत थापाले जानकारी दिए । केवटलाई नेपाल फर्काउने क्रममा कम्पनीलाई मार्फत् यो रकम उपलब्ध गराएको र नेपाल फर्किने टिकटसमेत कम्पनीबाटै उपलब्ध गराएको उनले बताए ।

जनउद्धार केन्द्रले स्थापनाकालदेखि हालसम्म १७ वटा यस्तै प्रकारका केसका ३ सय ५० जनालाई मलेसियाबाट नेपाल फर्काएको थापाले बताए ।

प्रतिक्रिया