टोकियो ओलम्पिक : दीपिका क्वार्टर फाइनलमा
नेपालखोज
२०७८ साउन १५ गते ८:१०

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा भारतीय महिला खेलाडी दीपिका कुमारी आर्चरीकाे क्वार्टर फाइनलमा पुगेकी छिन् ।
रसियन खेलाडी कसिना पेरोवालाई ६–५ को निशानाले हराउँदै दीपिका क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् । दुबैको बराबरी ५–५ अंक भएपछि जितको निर्णय शूट अफबाट गरिएको थियो ।
पेरोभाले शुट अफमा सातवटा लक्ष्य बनाएपछि दीपिकाले अर्को राउण्डमा पुग्न कम्तीमा आठ लक्ष्य हान्नुपर्ने थियो तर उनले १० हिटको साथ शानदार प्रदर्शन गरी क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया