आइतबार, जेठ ५, २०८२

बोर्ड पदाधिकारीसँग जोडेर आएका समाचारप्रति सेबोनको ध्यानाकर्षण

नेपालखोज २०७८ साउन १८ गते १९:२१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोर्ड तथा सम्बद्ध निकाय तथा पदाधिकारीहरुसँग जोडिएर विभिन्न संचार माध्यमहरुमा प्रकाशित भएका समाचारहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दै पुँजी बजारमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता भई पुँजी बजारको तिब्र विकास भई रहेको सन्दर्भमा पछिल्लो समय धितोपत्र बोर्ड तथा बोर्ड सम्बद्ध निकाय तथा पदाधिकारीहरुसँग जोडिएर आएका समाचारहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

बोर्डले बजार सुधार गर्ने क्रममा संचालनात्मक तथा संरचनात्मक कमीकमजोरीहरु भएगरेको विभिन्न सामाजिक संजाल र संचार माध्यममा राखिएका सामाग्रीहरुले धितोपत्र बजारको निरन्तर सुधार तथा विकास कार्यमा लाग्ने कर्मचारी तथा सम्बद्ध निकायका कर्मचारीहरुको मनोवलमा नकारात्मक प्रभाव पर्न जाने पनि जनाएको छ ।

साथै यसले बजार विकासमा अवरोध आउन सक्ने भन्दै सबैलाई संयमित तथा चनाखो हुन अनुरोध गरेको छ । पुँजी बजारको संवेदनशीलतालाई मध्यनजर गर्दै लगानीकर्ताको लगानीको सुरक्षा गर्ने विषय सम्पूर्ण सरोकारवाला पक्षहरुको सकारात्मक योगदानबाट मात्र सम्भव हुने बोर्डको ठहर छ ।

प्रतिक्रिया