राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त
नेपालखोज
२०७८ साउन २० गते २०:१५

काठमडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त भएका छन् । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा बुधबार मरासिनी नियुक्त भएका हुन् ।
तत्कालिन अर्थ सचिव शिशिरकुमार ढुंगाना राष्ट्र बैंकको सञ्चालक रहेकोमा ढुंगानाको अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थसचिवको रुपमा सञ्चालक बनेका हुन् ।
सञ्चालक नियुक्त भएका मरासिनीले बुधबार नै सर्वोच्च अदालतका न्यायधीश तेजबहादुर केसी समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुुन् ।
सम्बन्धित
प्रतिक्रिया