आइतबार, जेठ ५, २०८२

हिमालयन रि लिमिटेडमा वाणिज्य र नेपाल बैंकको मात्र एक करोड कित्ता संस्थापक सेयर

नेपालखोज २०७८ साउन २० गते २१:१४

काठमाडौं । नेपालको दोस्रो पुर्नबीमा कम्पनीको नाममा सञ्चालनमा आउन लागेको हिमालयन रि लिमिटेडमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको मात्र एक करोड कित्ता संस्थापक सेयर रहेको देखिएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५० लाख र नेपाल बैंकले ५० लाख कित्ता गरी एक करोड कित्ता संस्थापक सेयर यि दुुई बैंकको नाममा होल्ड भएको हो । यि दुई बाहेक हिमालय रि मा ठुलो परिमाणमा संस्थापक सेयर होल्ड गर्नेहरुमा जगदम्बा समूह रहेको छ ।

यो समूह अन्तरगतको शुलभ अग्रवाल सञ्चालक रहेको जगदम्बो फ्लो एण्ड एग्रो कम्पनीको नाममा ३६ लाख कित्ता सेयर होल्ड भएको छ भने दिपक भट्टको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङस प्रालिको नाममा ४५ लाख कित्ता संस्थापक सेयर होल्ड भएको छ ।

यसैगरी शाहिल अग्रवालको स्वामित्वमा रहेको जगदम्बा मोर्टस प्रालिको नाममा पनि ३२ लाख कित्ता सेयर होल्ड भएको छ । हिमालयन रि मा सुलभ अग्रवाल नै सञ्चालक रहेको एमबर प्रोभेष्टमेन्ट प्रालिको नाममा पनि ३० लाख ६० हजार कित्ता संस्थापक सेयर होल्ड भएको छ ।

कम्पनीको सतिषकुमार मोर सञ्चालक रहेको गणपती बनस्पतीको नाममा २२ लाख ५० हजार कित्ता संस्थापक सेयर होल्ड रहेको छ । यि बाहेक हिमालयन रि मा बिकास दुगडको नाममा २२ लाख कित्ता, शाहिल अग्रवालको जगदम्बा स्टिलको नाममा २२ लाख कित्ता, प्रकाश पौडेलको सेफ्रन सिके इन्भेष्टमेन्ट प्रालीको नाममा २० लाख कित्ता संस्थापक सेयर होल्ड भएको छ ।

उच्च स्रोतका अनुसार हिमालयन रि मा कान्तिपुर मिडिया ग्रुपको कैलाश सिरोहिया, शसिकान्त अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, भवानी राणासहितका एक सय ६ जना व्यक्ति तथा कम्पनीहरुको कुल सात अर्ब १८ करोड रुपैयाँ बराबरको सात करोड १८ लाख कित्ता संस्थापक सेयर होल्ड रहेको छ ।

प्रतिक्रिया