आइतबार, जेठ ५, २०८२

सुनको भाउ स्थिर, चाँदीको कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७८ साउन २१ गते १०:५६

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज घटेको छ । चाँदी आज तोलाको १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया