मंगलबार, वैशाख १८, २०८१

सीमापारिका अपराध नियन्त्रणमा हामीले उल्लेखनीय सफलता हात पारेका छौँ : गृहमन्त्री थापा

नेपालखोज २०७६ माघ ११ गते ११:३९

११ माघ, सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्व बिना मुलुकमा विकास असम्भव भएको बताएका छन् ।

नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार सुर्खेत आईपुगेका गृहमन्त्री थापाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारले आपराधिक नियन्त्रणलाई प्राथमिकतामा राखेको बताए ।

नेपाललाई आपराधिक अखडा बनाउँदै आएका चिनियाँ नागरिकलाई भर्खरै सरकारले पक्राउ गरेर देश निकाला गरेको जनाउँदै उनले भने, “हामीले सीमापारिका अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेका छौँ ।

पछिल्लो समयमा निर्यात बढेको बताउनु भएका गृहमन्त्री थापाले सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको र विकास निर्माणका काम पनि
त्यसैगरी, मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भए पश्चात् सदनमा प्रस्तुत हुने उनले बताए ।

एमसिसी सदनमा प्रस्तुत भएपछि त्यसमा भएका गलत प्रावधान परिमार्जन गरेर मात्र पारित हुने उनले जिकिर गरे । भारतले सार्वजनिक गरेको नयाँ नक्साका कारण उब्जिएको विवाद र त्यसबाट दक्षिणसँग बिग्रेको सम्बन्ध सुधार गर्न कूटनीतिक प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया