आइतबार, जेठ ५, २०८२

म्याग्दीमा ३२ प्रतिशत बढी राजस्व संकलन

नेपालखोज २०७८ साउन २१ गते १२:१६

गलेश्वर । जिल्ला मालपोत कार्यालय म्याग्दीले गत आर्थिक वर्षमा दुई करोड ६२ लाख १९ हजार ७७५ रुपैयाँ राजश्व संकलन गरेको छ । यो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ३० दशमलव ५१ प्रतिशत बढी हो ।

आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयले ८० लाख रूपैयाँ राजश्व संकलन गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ । संकलित राजश्वमा घरजग्गा रजिष्ट्रेसन शुल्कबाट २ करोड ३८ लाख ६५ हजार ९५७ रुपैयाँ र नगर सुधार कोषबाट २३ लाख ५३ हजार ५१८ रुपैयाँ रहेको कार्यालयका लेखापाल दीपक खत्रीले जानकारी दिए ।

उनका अनुसार सेवाग्राहीबाट धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्कलगायतका सेवाबापत सो रकम संकलन भएको हो ।

रजिष्ट्रेसन शुल्कअन्तर्गत सङ्कलित कूल राजश्वमध्ये ४० प्रतिशत प्रदेश र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ ।

सोही अनुसार जग्गा रजिष्ट्रेसनबापत सङ्कलित रकम प्रदेश र स्थानीय तहमा बाँडफाड गरिएको मालपोत अधिकृत कृष्ण कार्कीले जानकारी दिए ।

प्रतिक्रिया