आइतबार, जेठ ५, २०८२

सुनचाँदीकै मूल्य घट्यो, आजकाे भाउ कति ?

नेपालखोज २०७८ साउन २२ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज घटेको छ । चाँदी आज तोलाको १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया