बुधबार, जेठ १, २०८२

नेपाली फुटबल टिमले भारतको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालखोज २०७८ साउन २२ गते १६:५२
फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले भारतको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आगामी भदौमा नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मैत्रीपूर्ण खेल भदौ १७ / २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ । नेपालले पछिल्लो पटक भारतलाई २०१३ को साफमा २–१ ले हराएको थियो ।

प्रतिक्रिया