टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ मा चीइनको अग्रता कायमै छ । टोकियोमा जारी ओलम्पिकको १४औं दिनको खेल सकिदा २ सय ९३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
शुक्रबारको खेल सकिदासम्म पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनलाई अमेरिकाले पछ्याईरहेको छ । चीनले ३६ स्वर्ण पदकसहित कुल ७९ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले ३१ स्वर्ण पदकसहित कुल ९८ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको जापानले २४ स्वर्णसहित कुल ५१ पदक जितेको छ । ग्रेट ब्रिटेन १८ स्वर्णसहित ५८ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक कमिटि १७ स्वर्णसहित कुल ६२ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै अष्ट्रेलियाले १७ स्वर्ण जित्दा इटालीले १० स्वर्ण जितेको छ । जर्मनी र नेदरल्यान्ड्सले ९/९ तथा फ्रान्स र न्युजिल्याण्डले ७र७ स्वर्ण जितेका छन् । क्यानडा, दक्षिण कोरिया र क्युबाले ६र६ स्वर्ण हात पारेका छन् । हंगेरीले ५ स्वर्ण जित्दा ब्राजिल, पोल्याण्ड, चेक रिपब्लिक र जमैकाले ४र४ स्वर्ण जितेका छन् ।
त्यस्तै स्पेन, स्विट्जरल्यान्ड, स्लोभानिया, बेल्जियम र क्रोएसियाले ३/३ स्वर्ण जितेका छन् । दुई स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस, बहामास, केन्या, सर्बिया र युगान्डा छन् ।
प्रतिक्रिया