बुधबार, जेठ १, २०८२

टोक्यो ओलिम्पिक्स २०२० जापानद्वारा बिदाइ, अर्को ओलिम्पिक्स पेरिसमा

नेपालखोज २०७८ साउन २५ गते १०:३६

काठमाडाैं । दर्शकहरूको उपस्थितिबिनै सन् २०२० टोकियो ओलिम्पिक राष्ट्रिय रंगशालामा समापन समारोहमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गर्दै महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको बताए ।

उनले ओलिम्पिक्स खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान्‌ उपहार आशा दिएको टिप्पणी गरे । कोभिड महामारी हुँदाहुँदै सफलतापूर्वक खेलहरू सम्पन्न भएको अध्यक्ष बाचले बताए ।

अर्को पेरिसमा
समारोहमा ओलिम्पिकको झन्डा पेरिस मेयरलाई हस्तान्तरण गरियो जहाँ तीन वर्षपछि आगामी ओलिम्पिक्स सञ्चालन हुनेछ । अरू अधिकांश प्रतिस्पर्धाझैँ फाइनल खेलहरू पनि एउटा रंगशालामा दर्शकहरूको उपस्थितिबिनै भए । प्रतिस्पर्धामा गएका देशका खेलाडीहरूले सङ्गीत, नृत्य र झिलिमिलीबीच समापन समारोहमा उपस्थित जनाए ।

आयोजकहरूका अनुसार कोरोनाभाइरसको सङ्क्रमणका कारण मात्र १९ जना खेलाडी प्रतिस्पर्धामा सामेल हुन सकेनन् । पदक तालिकामा संयुक्त राज्य अमेरिका ३९ स्वर्णसहित पहिलो स्थान हासिल गरेको छ भने त्यसभन्दा एउटा कम पाएको चीन दोस्रो स्थानमा रह्यो ।

आयोजक जापान चाहिँ पदक तालिकामा तेस्रो स्थानमा रह्यो । टोक्यो ओलिम्पिक्समा सहभागी कुन टोलीले कति पदक जिते र कुन स्थानमा रहेका छन् भन्ने जानकारी तल समेटिएको छ । बीबीसी

प्रतिक्रिया