आइतबार, जेठ ५, २०८२

मैलुङ खोला जलविद्युत् कम्पनीकाे आईपीओ बाँडफाँड

नेपालखोज २०७८ साउन २६ गते ११:४१

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले बिक्री गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।

सामूहिक लगानी कोष र कर्मचारीलाई सुरक्षित गरिएको बाहेक सर्वसाधारणको लागि बिक्री खुला गरिएको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले बाँडफाँड भएको छ ।

जसमध्ये ६ जनाले थप एक कित्ता अर्थात् कुल ११ कित्ता सेयर प्राप्त गरेका छन् । योग्य आवेदकमध्ये १९ लाख ९९ हजार ४९३ जना आवेदकलाई भने सेयर नपरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये दुई हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको छ ।

प्रतिक्रिया