एन्फा विवाद : मुख्य प्रशिक्षक अलमुताइरी र उपाध्यक्ष नेम्वाङले दिए बयान

काठमाडौं । राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष पंकज विक्रम नेम्वाङबीचको विवाद समाधान समितिमा आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् ।
विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठिन छानविन समितीमा आज प्रशिक्षक घटनासँग सम्बन्धित रहेर बयान दिएका हुन । करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले आफु छानबिन समितीको अनुसन्धानसँग सकारात्मक भएको छोटो प्रतिक्रिया दिए ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको सञ्चारकर्मीसँग भएको विवादमा प्रशिक्षक अल्मुताइरीले नेम्वाङको नाम जोडेपछि विवाद सतहमा आएको हो । जसमा प्रशिक्षकले उपाध्यक्षका कारण रहेको बताएका थिए । विवाद उत्कर्षमा पुगेपछि खेलकुद मन्त्रालयको निर्देशनमा राखेपको छानविन समितिले छानविन प्रक्रिया अगाडि बढाएको हो । छानविनका लागि आजै उपाध्यक्ष नेम्वाङले करिब डेढ घण्टा बयान दिएका थिए ।
समितिले यस अघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्व प्रवक्ता किरण राई सँग पनि बयान लिएको थियो । उपाध्यक्षलाई अन्याय भएको र विवाद समाधान गर्न तेस्रो पक्षलाई जिम्मा दिनु गलत नजिर भएको भन्दै प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका थिए । यस अघि एन्फा विवाद समाधानका लागि एन्फा आकस्मिक कार्यसमितिले छानविन गर्न खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।
मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखे संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो । र समितिलाई ७ दिनभित्र छानविन प्रतिवेदन बुझाउन निर्देशन खेलकुद मन्त्रालयले निर्देशन दिएको थियो ।
प्रतिक्रिया