मौद्रिक नीति दिउँसाे ४ बजे सार्वजनिक हुने
नेपालखोज
२०७८ साउन २९ गते १३:०७

काठमाडाैं । मौद्रिक नीति आज अपराह्न ४ बजे सार्वजनिक हुने भएको छ । आज बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैंठकबाट अनुमोदन भएसँगै सवा ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हाे ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको भेटमा मौद्रिक नीति र बजेट संशोधनमा छलफल भएको थियो । उक्त छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति सार्वजनिक गर्न ग्रिन सिग्नल दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया