मंगलबार, वैशाख ३०, २०८२

केन्द्रसम्म जान असमर्थ ज्येष्ठ नागरिकलाई घरमै गएर खोप दिन सर्वोच्चकाे आदेश

नेपालखोज २०७८ साउन २९ गते १६:१२

काठमाडौं । खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकाे छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लागत संकलन गर्न र घरघरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया