आवमा ०७८/७९ मा मुद्रास्फीति दर ६.५० प्रतिशतमा सीमित राख्ने लक्ष्य
नेपालखोज
२०७८ साउन २९ गते १६:४०

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ मा मुद्रास्फीति दर ६. ५० प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । गत वर्ष ७ प्रतिशत लक्ष्य राखिएको थियो । आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति दर ६. ५० प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको बताएका हुन् ।
त्यस्तै ७ महिना आयात वस्तु धान्न सक्नेगरी विदेशि विनिमय सञ्चिति गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । गभर्नर अधिकारीले मुद्रास्फीति नियन्त्रित अवस्थामा रहे पनि मूल्यमा केही चाप पर्ने अवस्था रहेको बताए छन् ।
त्यस्तै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेकाले विप्रेषणमा जोखिम कायमै रहेको र त्यसले शोधनान्तर स्थितिमा दबाब पर्नसक्ने उल्लेख गिरएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया