बिहीबार, जेठ २, २०८२

सञ्चालनमा आयो एन्फा सोरुम

नेपालखोज २०७८ साउन ३१ गते १६:४६

काठमाडौं । राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक संस्था केटीएम सिटीले एन्फा सोरुम दरबारमार्गमा सञ्चालनमा ल्याएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटी अध्यक्ष उपेन्द्रमान सिंहले आइतबार एक कार्यक्रमबीच सोरुमको उद्घाटन गरे । सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी तथा खेल सामग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ ।

पहिलोपटक खुला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेन्डरमा केटीएम सिटीले सर्वाधिक रकम बोलकबोल गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टिमको जर्सी र खेल सामग्रीको आधिकारिक प्रायोजक गर्ने सम्झौता गरेको थियो । सम्झौतापश्चात् केटीएम सिटीले पहिलोपटक एन्फा सोरुम सञ्चालनमा ल्याएको हो ।

उद्घाटनपछि एन्फा अध्यक्ष शेर्पाले केटीएम सिटीसँगको सहकार्यले फुटबलको व्यावसायिक हिसाबमा अगाडि बढ्ने बताए । केटीएम सिटीका प्रबन्ध निर्देशक निमा नोर्बु लामाले नेपाली ब्रान्ड राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक बन्न पाउनु र सोरुमा सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

केटीएम सिटीले राष्ट्रिय फुटबल टिमको स्पोर्ट्स किट्सको अलावा सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गरिसकेको छ ।

प्रतिक्रिया