भारतमा घटे अर्बपति
कोरोनाको असर भारतका अर्बपतिहरुको कमाइमा पनि परेको छ ।
भारतीय अर्थमन्त्री निर्मला सिथारमणका अनुसार वर्ष २०२०-२१ मा १३६ जनाको कमाइ मात्र भारु १०० करोडभन्दा माथि थियो ।

नयाँदिल्ली । भारतको केन्द्रीय सरकारले दिएको तथ्यांकअनुसार भारतमा अर्बपतिहरुको संख्यामा कमी आएको छ ।
भारतीय वित्तमन्त्री निर्मला सिथारमणले संसद्मा बोल्दै यसबारे जनाएकी हुन् । आयकर विभागमा दिइएको आधिकारिक आयका आधारमा वर्ष २०२०-२१ मा अर्बपति भारतीयहरुको संख्या १३६ छ । जुन अघिल्लो वर्षको तुलनामा केही कम हो । यसको मतलब कोरोनाको असर भारतका अर्बपतिहरुको कमाइमा पनि परेको छ ।
अघिल्लो वर्ष अर्थात् २०१९-२० मा भारतमा १४१ जना अर्बपति थिए । आर्थिक वर्ष २०१८-१९ मा एक अर्बभन्दा बढी कमाउने भारतीयको संख्या ७७ मात्र थियो । वित्तमन्त्री निर्मला सिथारमणले भारतको राज्यसभामा एक प्रश्नको जवाफ दिँदै उक्त जानकारी सार्वजनिक गरेकी हुन् ।
भारतीय अर्थमन्त्री निर्मला सिथारमणका अनुसार वर्ष २०२०-२१ मा १३६ जनाको कमाइ मात्र भारु १०० करोडभन्दा माथि थियो ।
प्रतिक्रिया