शनिबार, जेठ ४, २०८२

सुनचाँदीकै मूल्य सामान्य घट्याे, आजको भाउ कति ?

नेपालखोज २०७८ साउन ३२ गते ११:०८

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला एक सय रुपैयाँले घटेर ९० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज घटेको छ । चाँदी आज तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया