बुधबार, जेठ १, २०८२

फेरियो साफ च्याम्पियनसिप फुटबलको खेल तालिका

नेपालखोज २०७८ भदौ ६ गते १७:२२

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघको तत्वावधानमा माल्दिभ्समा हुने १३औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन भएको छ । महासंघले दिएको जानकारीअनुसार अब यो प्रतियोगिता अक्टोबर १ देखि अक्टोबर १६ तारिख (असोज १५ देखि असोज ३० गते) सम्म सञ्चालन हुनेछ ।

असोज १५ गते उद्‌घाटन हुने यो प्रतिस्पर्धामा नेपालले पहिलो सामना आयोजक मुलुककै गर्नेछ । नेपालले आयोजक देश माल्दिभ्ससँग उद्‌घाटन खेल खेल्नेछ । नेपालले यो प्रतियोगितामा असोज १८ गते श्रीलंकाको, २४ गते भारतको तथा असोज २७ गते बंगलादेशको सामना गर्नेछ ।

यो प्रतियोगितामा दक्षिण एसियाली फुटबल महासंघका दुई सदस्य मुलुक पाकिस्तान तथा भुटान सहभागी नहुने बताइएको छ ।

प्रतिक्रिया