चार हजार धरौटीमा छुटिन् आस्था राउत
नेपालखोज
२०७६ माघ १४ गते १७:११
काठमाडौं । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा हिरासतमा रहेकी गायिका आस्था राउतलाई चार हजार धरौटीमा छाडिएको छ । गायिका आस्था राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।
१ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । टर्मिनलबाट बाहिर गएपछि उनले फेसबुक पेज मार्फत प्रहरीलाई तथानाम गाली गरेकी थिईन । उनले प्रहरी प्रशासनलाई निकै तल्लो स्तरमा झरेर गाली गरेकी थिईन् । उनको सो फेसवुकको भिडियो भाईरल भएको थियो । उनको पक्ष विपक्षमा निकै नै बहस चलेको थियो ।
सम्बन्धित
प्रतिक्रिया