सुनको मूल्य स्थिर, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ भदौ १३ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार छ सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज बढेको छ । चाँदी आज तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया